सिद्धार्थ बैंकले राख्यो ५ लाख बढी कित्ता शेयर बिक्रीमा

सिद्धार्थ बैंकले राख्यो ५ लाख बढी कित्ता शेयर बिक्रीमा


काठमाडौं–सिद्धार्थ बैंकले ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूह तर्फको ५ लाख १० हजार ३०७ कित्ता शेयर बिक्रीमा राखेको हो।

हाल विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको उक्त शेयर खरिदका लागि ३५ दिनको अवधि तोकिएको छ।

इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवश्यक कागजातसहित लिखित निवेदन दिनुपर्ने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।