मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६९ पैसा कायम गरेको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ।

यसैगरी आज कतारी रियालको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा तोकिएको छ।

हेर्नुहाेस् कुन देशकाे विनिमय दर कति ?