काठमाडौं– सोमबार नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १५.४१ अंकले घट्दै १,९६९ को विन्दुमा पुगी बन्द भएको हो ।
यस्तै, आज शेयर बजारमा ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम रु. दुई अर्ब पाँच करोड ८३ लाख पाँच हजार १८५ रुपैयाँ पुगेको छ ।
आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । साथै १० कम्पनीको शेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया