काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उकालो लागेको छ । आज नेप्से १२.२९ अंकले बढेर १,९८४ को विन्दुमा पुगी बन्द भएको छ ।
आज ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम रु. दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ पुगेको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढ्दा ६३ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया