नौ महिनामा १७ अर्ब बढीको विद्युतीय सवारी भित्रिए

नौ महिनामा १७ अर्ब बढीको विद्युतीय सवारी भित्रिए


काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा ७ हजार ९३ विद्युतीय गाडी भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेकाे तथ्यांक अनुसार चैत मसान्तसम्ममा ७ हजार ७२ वटा विद्युतीय गाडी भित्रिएका हुन्। आर्थिक वर्ष २०७९८०को तुलनामा साढे करिब ३ गुणाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा २ हजार ४५१ मात्र विद्युतीय गाडी नेपाल भित्रिएको थियो ।  

विभागको तथ्यांक अनुसार ५० किलोवाटसम्मका २९ सय २ वटा भित्रिएका छन्। ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ७७ वटा भित्रिएका छन् भने १०१ देखि २०० किलोवाटसम्मको ९१ वटा र २०१ माथि किलोवाट भएका २१ वटा आएका छन्। सो अवधिमा १७ अर्ब ४९ करोड रुपैयाँका विद्युतीय गाडी भित्रिएका छन्।

चैतसम्म १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको छ । उक्त गाडी आयात हुँदा ७ अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आवमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका गीडि आयात भएका छन्। ५१ देखि १०० किलोवाट  ११ अर्ब ४६ करोड ९८ लाख ९२ हजार मूल्य बरारबको ४ हजार ७७ युनिट विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ ।

५० किलोवाटसम्म क्षमता भएका २ हजार ९०२ युनिट गाडी आयात भएका छन्। ५ अर्ब ४० करोड २९ लाख ८८ हजार मूल्यका उक्त गाडी अयात भएका हुन् । १०१ देखि २०० किलोवाटसम्मका ४६ करोड ८८ लाख ३१ हजार मूल्यका ९३ वटा गाडी आयात भएका हुन् ।  यस्तै २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका १५ करोड ३२ लाख ५८ हजार मूल्यको २१ वटा विद्युतीय गाडी आयात भएको छ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ।