काठमाडौं–उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त माग गरेको हो ।
कम्पनीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट उक्त पदका लागि आवेदन माग गरेको हो।
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको ३ बर्षे कार्यकाल गत मंगलबार सकिएपछि उक्त पद रिक्त भएको छ। सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।






About Us
प्रतिक्रिया