ग्लोबल आईएमई बैंकले गर्यो लाभांश घोषणा

ग्लोबल आईएमई बैंकले गर्यो लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्लोबल आईएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको आज असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

यस्ताे छ ग्लोबल आईएमई बैंक लिमिटेड​को ९ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल १३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र ४ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २३ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२.७५ प्रतिशत बाेनस र १२.७५ प्रतिशत नगद गरि कूल २५.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

\"6163c2ff79bc5.jpg\"