काठमाडौं–इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरतर्फको ६० हजार ५० कित्ता शेयर बिक्रीमा राखेको हो ।
यस शेयरमा संस्थापक शेयरधनी वा जो–कोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट–२, नवलपरासीमा आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया