शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?


काठमाडौं –  मंगलबार  शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १,९९१ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेको छ । 

आज दिनभरिमा ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सको शेयर कारोबार भएको छ।

कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको ७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।