काठमाडौं– रुपन्देही जिल्ला अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै मुद्दा नपरेको दाबी गरेको छ ।
अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बैंकिङ्ग समाचारसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनका अनुसार जिबी राई (गितेन्द्रबाबु राई) सहित २८ जनाविरुद्ध भने उक्त सहकारीबाट प्रकृया नै पुरा नगरी ऋण लिएको आरोपमा मुद्दा दायर भएको हो ।
उनले भने, ‘जिबी राईसहित २८ जनाविरुद्ध मुद्दा आएको छ । रवि लामिछानेलाई नै प्रतिवादी बनाएर मुद्दा आएको छैन ।’
प्रतिक्रिया