प्रचण्डबहादुर श्रेष्ठ हिमालयन बैंकको अध्यक्षमा नियुक्त

प्रचण्डबहादुर श्रेष्ठ हिमालयन बैंकको अध्यक्षमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैंक अध्यक्षको पद बहाली गर्नुभयो । उहाँलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बैंकका वरिष्ठ अधिकृतहरुले स्वागत गर्नुभयो ।

श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य हुनुहुन्थ्यो ।