बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले घाेषणा गरेकाे लाभांशकाे नकारात्मक प्रभाव संस्थाकाे सेयरमूल्यमा देखिएकाे छ । दाेश्राे बजारमा आज काराेबारकाे प्रारम्भमा नै संस्थाकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।
संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार एक सय ४२ रूपैयाँ १० पैसामा झरेकाे छ ।
संस्थाकाे हिजाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।
प्रतिक्रिया