काठमाडौं– आइतबार झिनो अंकले घटेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको छ । आज नेप्से १६.८२ अंकले घट्दै २,००६ को विन्दुमा पुगी बन्द भएको हो ।
आज ३१४ कम्पनीको ७२ लाख १२ हजार ६६७ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम रु. दुई खर्ब ७८ करोड ३८ लाख दुई हजार ३४१ रुपैयाँ पुगेको छ ।
यस्तै, आज ५० कम्पनीको शेयर मूल्य बढेको छ । साथै १८५ कम्पनीको शेयर मूल्य घट्दा ९ कम्पनीको शेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया