बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक


काठमाडौं–नेपाल राष्ट्र बैंक बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब ३० करोड लगानी गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रिय बैंकले बैंकहरुमा सो रकम लगानी गर्ने जनाएको हो ।

यसमध्ये ‘क’ वर्गका बैंकमा रु. तीन अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका बैंकमा रु. ६४ करोड ५० लाख र ‘ग’ वर्गका बैंकमा रु. २१ करोड ५० लाख बैंक लगानी गर्दैछ । उक्त रकम मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाले रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

रकम वैशाख ११ गतेदेखि आगामी कात्तिक १० गतेसम्म ६ महिना (१८७ दिन)का लागि मुद्दती निक्षेपमा राखिने छ। बैंकहरुले वैशाख ४ गते साँझ ५ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ।

पूर्ण जानकारीका लागि: