नारायणी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

नारायणी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा


काठमाडौं– नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभाको मिति तय भएको छ । बैंकको साधारण सभा वैशाख १८ गते, होटल स्टार चितवनमा बस्ने भएको हो।

बैंकले यो वर्ष लाभांश भने वितरण गर्ने छैन। सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको बैंकले जनाएको छ। साथै बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने पनि सभामै घोषणा गरिनेछ ।