काठमाडौं– नेपाल राष्ट्र बैंकको चैत २६ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ३० अर्ब निक्षेप संकलन भएको छ । चैत २५ गते ६१ खर्ब २८ अर्ब निक्षेप रहेकोमा एकदिनमा २ अर्बले निक्षेप बढेको केन्द्रिय बैंकको तथ्यांकले देखाउँछ । सो समयमा वाणिज्य बैंकहरुबाट ५४ खर्ब ५५ अर्ब निक्षेप संकलन भएको छ ।
बैंकको तथ्यांकअनुसार गत सोमबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ९२ अर्ब भएको छ । जसमध्ये वाणिज्य बैंकले ४५ खर्ब ४ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको तथ्यांकले २५ गते पनि वाणिज्य बैंकले ४५ खर्ब ४ अर्ब कर्जा प्रवाह गरेको थियो । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.६४ कायम भएको छ ।
आइतबार ८०.६८ रहेको सिडि रेसियो सोमबार ०.०४ ले घटेर ८०.६४ पुगेको हो । त्यस्तै, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर ३.२९ प्रतिशत रहेको देखाएको छ । आइतबार पनि अन्तरबैंक ब्याज ३.२९ प्रतिशत नै कायम थियो ।
प्रतिक्रिया