काठमाडौं–आज शुक्रबार सुनको मूल्य रु. दुई हजार चार सय रुपैयाँले बढेको छ ।
योसँगै बिहिबार प्रतितोला रु. एक लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु. एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुन प्रतितोला रु. एक लाख ३८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि रु. ५० रुपैयाँले बढेर प्रतितोला रु. एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया