काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ ।
बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ ६ देखि १२ महिनाका लागि ६.३५० प्रतिशत र १२ महिना वा सोदेखि माथि १८० महिनासम्मका लागि ६.७०० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले वैशाख महिनाका लागि साधारण बचत खातामा ३.६५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७ प्रतिशत, ३ महिनादेखि १२ महिनाका लागि ७.१०० प्रतिशत, १२ महिनाका लागि ७.७५० प्रतिशत, १२ महिनादेखि १८ महिनासम्मका लागि ७.७५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ७.७५० प्रतिशत ब्याजदर दिने भएको छ ।
बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतर्फ अधिकतम ६।७०० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।
प्रतिक्रिया