काठमाडौं–सानिमा बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१० प्रतिशत ब्याजदर तोकेको छ ।यो बैंकको अघिल्लो महिना (चैत)को ब्याजदर अधिकतम ७.२५ प्रतिशत थियो ।
योसँगै बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा वैशाख महिनाका लागि ३ देखि ६ महिनालाई हुनेगरी ५.७५, ६ देखि १२ महिनाका लागि ६.५० प्रतिशत, १२ देखि १८ महिनाका लागि ७ प्रतिशत र १८ महिनादेखि बढी समयको लागि ७.१० प्रतिशत ब्याजदर तोकेको हो ।
यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । वैशाख महिनामा संस्थागत तर्फ ६ महिना र सोभन्दा माथि अवधिका लागि अधिकतम ६.१० प्रतिशत ब्याजदर बैंकले तोकेको छ । बैंकले चैत्रमा संस्थागततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।
प्रतिक्रिया