मङ्गोलियाको जीडीपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान

मङ्गोलियाको जीडीपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान


उलानबटोर–मङ्गोलियाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एशियाली विकास बैंक (एडीबी)का अनुसार मङ्गोलियाको जीडीपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।

सन् २०२४ मा खानी र उच्च सरकारी लगानीका कारण आर्थिक वृद्धिमा केही टेवा पुग्नेछ । तर मङ्गोलियामा यस वर्ष चिसोका कारण कृषि क्षेत्रमा सङ्कुचन आउने अनुमान एडीबीले गरेको छ । प्रतिवेदनमा, बैंकले सन् २०२५ मा मङ्गोलियाको जीडीपी वृद्धि छ प्रतिशतमा पुग्ने अनुमान गरेको छ । जुन कृषि क्षेत्रको सुधार, खानी विस्तार र सेवाहरूको वृद्धिबाट सम्भव हुनेछ ।

सन् २०२३ मा मङ्गोलियाली अर्थतन्त्र बलियो देखिएको बताउँदै यही प्रवृत्ति जारी रहने मङ्गोलियाका लागि एडीबीका निर्देशक श्यानन काउलिनले बताए । ‘यस वर्ष, मौसम–सृजित प्रकोपबाट आर्थिक वृद्धि प्रभावित भई कृषि क्षेत्रमा उल्लेखनीय असर पारेको छ । अप्रिलको सुरुसम्ममा ६० लाखभन्दा बढी गाईवस्तु मरेका छन् भने यो सङ्ख्या बढ्ने क्रममा रहेको छ’, उनले उल्लेख गरेका छन् । (एजेन्सी)