काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्दा हुने फाइदाका विषयमा सरकारले स्पष्ट पार्न सक्नुपर्ने बताएका छन् ।
बिहीबार इप्पानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई जलविद्युतका लगानी गर्दा फाइदाका विषयमा स्पष्ट भन्न र देखाउन सक्नुपर्ने बताए।
अध्यक्ष कार्कीले सरकारले पनि जलविद्युतको विकासको लागि विदेशी मात्रै नभएर स्वदेशी लगानीकर्तालाई जलविद्युतमा लगानी गर्न आह्वान गर्नुपर्ने बताए ।
उनले सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भएको बताए। अध्यक्ष कार्कीले नेपाललाई समृद्ध बनाउने गरी सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसको लागि ४६ खर्ब आवश्यक रहेको बताए । उनले सरकारले लगानी सम्मेलनको लागि विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरूलाई निम्ता गरेको जानकारी पाएको भनाइ राखे ।
अध्यक्ष कार्कीले लगानी सम्मेलनलाई सहयोग पुग्ने गरी नै इप्पानले हिमालयन एस्क्पोमा विश्वका धेरै लगानीकर्ता कम्पनीहरूलाई बोलाएको बताए । उनले विदेशी धेरै सप्लायर्स कम्पनी, डिजाइनरहरु नेपालमा जलविद्युतमा लगानी गर्न इच्छुक रहेको बताए । अध्यक्ष कार्कीले सरकारको उद्देश्य अनुसार मुलुकमा २८ हजार विद्युत् उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेको बताए ।
प्रतिक्रिया