काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म र सरकारमा बस्नेहरुको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताए । उनले सरकारले बनाउने ऐन, कानुनहरु निजी क्षेत्रमैत्री हुनुपर्ने बताए।
ऐन, कानुन लगानीमैत्री नभए जति सुकै ठूलो लगानी गरेर पनि लगानी कर्ताहरु नेपालमा नआउने उनले जिकिर गरे । अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन हुन नसकेको उनले बताएका हुन् ।
देश लगानीकर्ताहरुलाई आह्वान गर्न तयार छ की छैन भन्ने प्रश्न अहिले उठ्ने गरेको उनले बताए । उनले अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताएका छन् ।
‘जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन, निजी क्षेत्रमैत्री ऐन, कानून बन्दैन र सरकारमा बस्नेहरुको नियत सुध्रिँदैन तबसम्म देश बन्दैन ।’ उनले भने,’त्यस कारण सरकारले बनाउने ऐन, कानूनहरु निजी क्षेत्रमैत्री हुनुपर्छ । तपाईले जतिसुकै ठूलो लागनी सम्मेलन गर्नुस् न, तपाईको ऐन, कानून लगानीमैत्री छैन भने कसले लगानी गर्छ रु अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरु कार्यान्वयन भए की भएनन् रु त्यसबाट हेर्नुस् । देश लगानीको लागि तयार छ की छैन । त्यो कुरामा टुंगोमा पुग्नुपर्छ ।’
उनले निजी क्षेत्र अहिले सबैले हेप्ने क्षेत्र भएको बताए । उनले सबै राजनीतिक दलहरुले उद्योगी व्यवसायीहरुसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा संकल्प पत्रमा लेख्ने शाहस गर्न आग्रह गरे ।
प्रतिक्रिया