काठमाडौं – सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (सलिको) ले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख बढी कित्ता शेयर आज चैत २८ गतेबाट बिक्रीमा राखेको हो।
कम्पनीले कुमारी बैंकको स्वामित्वमा रहेको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुमात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नु पर्नेछ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। इच्छुक संस्थापक शेयरधनीले यो शेयर खरिदका लागि आउँदो जेठ १ गतेसम्म बोलपत्र पेस गर्नु पर्नेछ।






About Us
प्रतिक्रिया