काठमाडौं– प्रहरीले सिराहाको माडरस्थित एक गोदामबाट भन्सार छलेर ल्याइएको दुई लाख रुपैयाँ बराबरको प्याज र आलु आज बरामद गरेको छ। प्रहरीले सिरहा भन्सार कार्यालय माडर र सशस्त्र प्रहरी बल माडरको छेउमै रहेको एक गोदामबाट ५३ बोरा प्याज र २४ बोरा आलु बरामद गरेको हो ।
गोदाममा भारतबाट अवैधरुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको तरकारी रहेको गोप्य सूचना पाएपछि छापा मार्ने क्रममा ठूलो परिमाणमा आलु र प्याज फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया