काठमाडौं–जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले आजदेखि एक करोडबढी कित्ताको शेयर लिलामी बिक्री खुला गरेको छ ।
कम्पनीले संस्थापक समूहको कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर लिलामी बिक्री खुला गरेको हो। कम्पनीकाअनुसार यो लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्।यसमा वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ।न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामीमा सहभागी बन्नुपर्नेछ ।
यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।
साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने हद तोकिएको छैन ।
प्रतिक्रिया