लघुबीमाको सफलताले बीमाको पहुँच निर्धारण गर्छ

लघुबीमाको सफलताले बीमाको पहुँच निर्धारण गर्छ

नमुना के. सी.
28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यून आय भएका वर्गलाई बीमा क्षेत्रमा संलग्न गराउँनु आजको आवश्यकता नै हो । पछिल्लो समय बीमाको पँहुच बढाउन लघु जीवन बीमा कम्पनीहरु प्रमुख भूमिका खेलिरहेको छन । लघु बीमाको कारण शहरमा केन्द्रित बीमाको बजार ग्रामीण क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । ग्रामिण भेगमा यो बीमाबारे चर्चा शुरुवात भैसकेको छ । पछिल्लो समय बीमाको पहुँच बढाउन लघु जीवन बीमाका कम्पनीहरु जागरुक रुपमा काम गरिरहेका छन । लघु बीमा कम्पनीले बीमाको पहुँच बढाउन पहल गर्दैगर्दा शहरमा केन्द्रित भएको आरोप लागिरहेको छ । गरिबी निवारणमा लघु बीमाको भूमिका कस्तो छ ? के बीमा कम्पनी शहर केन्द्रित भएका हुन् त ? यी लगायत यसै क्षेत्रका विषय वस्तुमा केन्द्रित रहेर बैकिङ्ग समाचारका लागि नमुना के सीले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोक्का सँग गरेको कुराकानीको सम्पादित अशंः

लघुबीमा कम्पनी ग्रामिण भेगमा भन्दा शहरी क्षेत्रमा केन्द्रित भएको जस्तो देखिन्छ नि किन होला ?

२०७१ सालमा नेपाल सरकारले वार्षिक तथा निति कार्यक्रममा देशमा लघुबीमाको आवश्यकता महसुस गरेर लघुबीमाको सुरुवात भएको हो । गरिबि उत्थान, कम आय भएका वर्गलाई सहयोग हुने योजनाका साथ सरकारले निति कार्यक्रमबाटै यसको सुरुवात गरेको हो । त्यसपछि क्रमश नेपाल बीमा प्राधिकरणले अधि बढाउने उद्देश्यले निर्देशिका जारी गर्यो त्यसपछि २०७९ साल चैतमा लघुबीमा कम्पनीहरु बीमा प्राधिकरणवाट विधिगत रुपमा स्थापना हुन गएका हुन् । लघुबीमाको मुलभूत उद्देश्य भनेकै विपन्न वर्ग सम्म पुग्नु हो । दुर्गम गाँउमा सेवा दिने, कम आय भएका वर्गलाई बीमाको दायरामा समेट्ने हिसाबले लघुबीमाको सुरुवात भएको हो ।

गरिबी निर्मुलका लागि लघुबीमा सुरुवात गरियो तर अझैपनि बीमाको दायरा बढ्न सकेको छैन नि ?

नेपालमा बीमागर्ने को पछिल्लो तथ्यांकको कुरा गर्दा वैदेशिक रोजगार सहित सहित ४३÷४४ प्रतिशत छ भन्ने तथ्यांक प्रकाशित भएको छ । त्यस भित्र पनि एउटै व्यक्तिले दुई तीन वटा बीमा गरेको हुन सक्छन् त्यसैले प्रकाशित तथ्यांक जति पनि नहुन सक्छ । निश्चय नै लघुबीमा भर्खर सुरुवात भएको छ । अहिले नै सात हजार इलाकामा एकै चोटि पुगे हुन्थ्यो भन्ने सोच्नु स्वभाविक हो । तर संस्था आफु विस्तार नभए सम्म सेवा दिन सक्दैन् ।

ठुला बीमा कम्पनीले लघुबीमा नगरी ठुलो फाइदा मात्र हेरेको भएर लघुबीमाको अवधारण सु्रुवात गरिएको हो ?

चार पाँच वर्ष देखि नै बीमा प्राधिकरण र नेपाल सरकारले निर्देशन अनुसार त ठुला बीमा कम्पनीलाई नै लघुबिमा बेच्ने अधिकार दिएको दिइएको हो । २०७९÷८०को तथ्यांक हेर्दा पनि ठुला कम्पनीहरुले लघुबीमा बेच्न नसकेको देखियो । जसरी बैकिङ्ग क्षेत्रमा माइक्रो फाइनन्सको कमी देखिएर काम गरियो, त्यसरी नै बीमा क्षेत्रमा पनि लघुबीमाको आवश्यकता देखेर सोही अनुसार लघुबीमा कम्पनीको जन्म भयो ।

सरकारले कृषि तथा पशुपन्छीको अनुदान नदिए सम्म ठुला कम्पनीहरुले हामी बीमा नै गर्दैनौ भनेर निर्देशन जारी गरेको छ यसले लघुबीमा कम्पनीलाई फरक परेको छैन् ?

धेरै फरक परिरहेको छ , पहिलो कुरात हाम्रो उद्देश्य अनुसार नै काम गर्न पाइरहेको छैन । अनुदान नपाउने कुरा बेला बेला आइरहने कुरा हो ठुला कम्पनी सगँ फन्ड छ जसको कारण केही समय चल्न सक्छन् तर लघुबीमा कम्पनीहरुले प्रोडक्ट (उत्पादन) बेचेपछि सरकारबाट पाउने अनुदान समयमा पायौँ भने सहज हुन्छ ।

सरकार समक्ष लघुबीमा कम्पनीले पनि त अनुदानको लागि पहल गर्नु पर्ला नि ?

सरकारले बीमालाई प्राथमिकतामा नराखेको होइन । हामीले पनि सकेको पहल गरिरहेका नै छांै । सरकारले प्राथमिकतामा नराखेको भए किन अनुदान दिन्थ्यो र । सरकारको पनि केही टेक्निकल कुराहरु छ जसको कारण समय लागेको हो छिटै समस्या समाधान हुन्छ ।

सुशासन कायम नगर्ने र उधारो बीमा गर्ने बीमा कम्पनीलाई बीमा प्राधिकरणको कारवाही गर्ने निर्देशन आएको थियो , के बीमा कम्पनीहरु आफनो व्यवसाय बढाउने चक्करमा उधारो बीमा गर्ने गर्छन् ?

ठुला बीमा कम्पनीको कु्रा म भन्न सक्दिन । लघुबीमा कम्पनीको हकमा उधारो बीमा हुदैन् । खातामा पैसा जम्मा हुन्छ डेविट बन्छ नत्र खातामा पैसा जम्मा नभएसम्म हामी प्रोडक्ट (उत्पादन) बेच्दैनौं ।

लघ्ुबीमकले कम दरमा पोलिसी बेच्दा अस्वस्थ प्रतिस्पर्धा भएको भनिन्छ नि किन ?

जम्मा हाम्रो पाँच सात वटा पोर्टफोलियो छ जसमा सम्पति बीमा,घर बीमा,व्यवसाय बीमा मोटर बीमा, दुर्घटना बीमा छन् । औषधी उपचार बीमा र कृषि बीमा लघुबीमाको हकमा आउदै छ ।

बीमा क्षेत्र पूर्णरुपमा डिजिटल कारोवारमा लाने प्राधिकरणको लक्ष्य छ यसले ग्रामीण भेगमा लधुबीमा पोलिसी बिक्री गर्न कठिन छैन् ?

प्रविधिले कठिन भन्दा पनि सहज बनाएको छ । शहर केन्द्रीत विपन्न ठाँउमा जनसंख्या कम भैसकेको छ । शहर केन्द्रित भैसकेको छन् । बीमा गरेर पैसा खेर गयो भन्ने धारणा छ । बीमा पनि हाम्रो लगानी हो भन्ने बुझनु पर्छ । बीमा मेरो सम्पति र शरीरको सुरक्षा हो भनेर सोच्नु पर्छ । शाखा खोलेर लघुबीमा सफल हुने उपाय नै छैन् । सबै डिजिटल कारोवारमा नै जानुपर्छ ।

बीमाको दायरा बढाउन लघुबीमा कम्पनी कसरी अघि बढिरहेको छन् ?

केही हद सम्म सचेतनामा कमि होला तर सुरुवाती चरण भएको भएर यसमा काम हुदैँ छ । भर्खरै बाजुरामा पनि सचेतना कार्यक्रम गर्यौ । सुरुवातमा सबै कुरामा आश राख्नु पनि भएन विस्तारै हुदै जान्छ ।

बीमाको पहुँच बढाउन प्रोटेक्टिभ इन्स्योरेन्सको आगामी दिनको योजना कस्तो छ ?

हाम्रो सुदूरपश्चिम प्रदेश मुख्य कार्यलय हो । हामीले सात उक्त प्रदेशमा ४ वटा युनिट राखेका छौं । सबै जिल्लामा आफनो युनिट पुराउने लक्ष्यमा छ । सबै ठाउँमा सचेतना कार्यक्रम गर्ने योजना गरिरहेका छांै । नेपालका विभिन्न क्षेत्रमा शाखा पनि विस्तार गरिसकेका छौं । लघुबीमा पनि नेपाल बीमा प्राधिकरण बाट स्वीकृति पाएको कम्पनी हो यसले पनि राम्रो काम गर्ने रहेछ भन्ने अनुभुती सबैमा पुराइरहेको छौ । भुक्तानी पनि राम्रो तरिकाले दिइरहेकोे छौ ।

लघुबीमाले दावी भुक्तानीलाई सहज बनाउन कस्तो रणनिति बनाएको छ ?

लघुबीमा कम्पनीको उद्देश्य प्रत्येक आर्थिक वर्ष भुक्तानीको विषयमा आउने गुनासो शुन्य बनाउनु हो । आज सम्म प्रोटेक्टिव माइक्रो इन्स्योरेन्सले ३४ वटा भुक्तानी गरिसकेको छ । पोलेसी साधारण होस, प्रिमियक कम होस, बुझने भाषाको प्रयोग होस, भुक्तानीको विषयमा कुनै समस्या नबनाउनु लघुबीमाको प्रमुख उद्देश्य हो । हामीले डकुमेन्टहरु पुगेको खण्डमा हप्तादिनमा भुक्तानी दिइरहेका छौं । सातवटै लघुबीमा कम्पनीको दावी भुक्तानीमा कुनै अपवाद आएको छैन् ।