काठमाडौं–डोल्मा इम्प्याक्ट फन्ड–आई साढे ३८ लाख कित्ता शेयर बेच्ने भएको छ । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनबाट बाहिरिने भएपछि हाइड्रोपावरमा रहेको ३८ लाख ५१ हजार कित्ता शेयर डोल्मा इम्प्याक्टले बेच्न लागेको हो ।
शेयर खरिदबिक्रीका लागि उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट डोल्मा इम्प्याटले सैद्धान्तिक सहमति पाएपछि श्वेत गंगा हाइड्रोपावरको सञ्चालक समितिले इम्प्याटलाई आफ्ना नाममा रहेको शेयर बेच्न सहमति प्रदान गरेको हो । यसको लकइन अवधि गत फागुन २ गते नै सकिएको थियो।
प्रतिक्रिया