काठमाडौं– सगरमाथा लुम्बिनी इन्स्योरेन्सले प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने गरी चैत २७ गतेलाई साधारण सभा बोलाएको हो।
साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ। साधारण सभाको अन्य एजेन्डाहरुमा सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि राखेकेा छ। साथै, सभाले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ।
प्रतिक्रिया