काठमाडौं– प्रभु बैंकको १ लाख ६० हजार २०९ कित्ता शेयर बिक्रीमा राखिएको छ। विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाका लागि खुलाइएको उक्त शेयर खरिदका लागि ईच्छुक लगानीकर्ताहरुले १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
यसअघि बैंकले संस्थापक शेयरधनीहरुलाई ३५ दिनको म्याद दिएर शेयर बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बैंकले शेयर बिक्री खुला गरेको हो।






About Us
प्रतिक्रिया