काठमाडौं– हिमालयन बैंकले आफ्नो १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त कित्ता शेयर बिक्रीमा राखेको हो । हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै बिक्रीमा राखिएको शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद तोकिएको छ ।
निवेदनका लागि ईच्छुक संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानुन तथा शेयर विभागमा सम्पर्क गरी निवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया