महोत्तरी– स्रोत नखुलेको १२ लाख ५० बढी रकमसहित एक जना पक्राउ परेका छन् । मटिहानी नगरपालिका–७ बसपार्कबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार ८ सय ४० रूपैयाँसहित धनुषा जनकपुर उपमहानगरपालिका–२५ लोहना बस्ने ६४ वर्षीय महम्द वसिरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया