काठमाडौं– साताको पहिलो कारोबारको दिन शेयर बजार राताम्य भएको छ । बजार आज दोहोरो अकंले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३० अकंले घटेर २०१८.३३ बिन्दुमा बन्द भएको छ । आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ६३ कम्पनी नाफामा गएका छन् भने १७२ कम्पनी घाटामा छन् । १० कम्पनीको कारोबार स्थिर छ ।
प्रतिक्रिया