काठमाडौं- साताको शेयर कारोबारको चौंथो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजारमा बुधबार १०.८३ अंकको गिरावट आएको हो । हिजो भने शेयर बजारमा १०.१४ अंककाे सुधार आएको थियो । आज १०.८३ अंकले घटेको शेयर बजार २०३० दशमलव ८६ बिन्दु कायम भएको छ ।
आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १८८ कम्पनी घाटामा गएका छन् भने ५१ कम्पनी नाफा र ६ कम्पनीको कारोबार स्थीर रहेको छ ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि २.१७ अंकले घटेको छ । २ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५९.४६ पुगेको छ ।
प्रतिक्रिया