काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन हेरेर देशको अवस्था कस्तो छ भन्ने कुरा विदेशीले थाहा पाउने भएकाले अध्यागमनमा धेरै कुरा सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार अध्यागमन विभागको निरीक्षणमा गएका लामिछानेले अध्यागमन अधिकारीहरूको ब्रिफिङ सुनेपछि सुधार गर्न निर्देशन पनि दिएका छन् ।
उनले अध्यागमनका कर्मचारीलाई वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न समेत आग्रह गरेका छन् । अध्यागमन सुधारका योजना ल्याउन उच्च तहका अधिकारीअरुलाई निर्देशन दिँदै मन्त्रालयले सुधारका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
यसैगरी उनले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न र अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई लामिछानेले आग्रह गरेका छन् । साथै उनले अध्यागमन प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।
प्रतिक्रिया