काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बी एण्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गरेको छ । प्रसाईँको मुद्दामा सर्वोच्च अदालतले आजका लागि फैसला सुनाउने मिति तोकेको थियो । सोमबार न्यायाधीश कुमार चुँडाल र शारंगा सुवेदीको इजलासले निर्णय सुनाएको हो । इजलासले रिट जारीको आदेश गरेको छ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईँले चिकित्सा शिक्षा आयोग सानो ठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारविरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।



About Us
प्रतिक्रिया