काठमाडौं- नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गरेको छ ।केन्द्रीय बैंकको सञ्चालक समितिको बैठकले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा आचार्यलाई बर्खास्त गरेको हो ।आचार्यमाथि एक कार्यक्रममा राष्ट्र बैंककै एक उच्च पदस्थ महिला अधिकारीमाथि दुर्व्यवहार गरेकाे आरोप लागेको थियोे ।
पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रममा आचार्यले बैंकका शीर्ष नेतृत्वमा रहेकी महिला कर्मचारीमाथि मध्यपान पश्चात दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।
दुर्व्यवहारको उक्त घटना पश्चात सत्य तथ्य पत्ता लगाउन गठन भएको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा आचार्यलाई स्पष्टिकरण सोधेको र त्यसको जवाफ चित्त बुझ्दो नभएपछि नेपाल राष्ट्र बैंकले उनलाई बर्खास्त गरेको हो ।
प्रतिक्रिया