विजय लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

विजय लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति


काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने अनुमति राख्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि अनुमति माग गरेको हो ।

कम्पनीको १५औं वार्षिक साधारणसभाले एफपीओ निष्कासनको प्रस्ताव पारित गरेको हो । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।