काठमाडाैं– अघिल्लो साताको बुधबारदेखि लगातार यो साताको मंगलबारसम्म बढेको नेप्सेमा बुधबार भने झिनो अंकको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक २.४८ अंकले घटेर २,१०८ को विन्दुमा पुगी बन्द भएको छ । जुन हिजोको तुलनामा ०.११ प्रतिशतले कम हो।
आज ३१० कम्पनीको १ कराेड ८८ लाख ९ हजार ६३४ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ पुगेको छ । आज ९६ कम्पनी नाफामा देखिँदा १३३ कम्पनी घाटामा गएका छन् । १४ कम्पनीको कारोबार स्थिर छ ।
प्रतिक्रिया