काठमाडौं– नेरुडे र मिर्मिरे लघुवित्तले आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्था एक आपसमा मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो।
दुवै कम्पनीले १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबार गर्न दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिएका थियो ।
यस्तै, धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ ।



About Us
प्रतिक्रिया