२ अर्बले घट्याे बैंकको तरलता, अन्य सूचक कस्ताे ?

२ अर्बले घट्याे बैंकको तरलता, अन्य सूचक कस्ताे ?


काठमाडौं– नेपाल राष्ट्र बैंकको गत फागुन २६ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८३ अर्ब निक्षेप संकलन भएको छ । फागुन २५ गते ६१ खर्ब ८५ अर्ब निक्षेप रहेकोमा एकैदिन २ अर्बले निक्षेप घटेको केन्द्रिय बैंकको तथांकले देखाउँछ ।

बैंकको तथ्यांकअनुसार गत शनिबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८९ अर्ब भएको छ । जसमध्ये वाणिज्य बैंकले ४५ खर्ब १ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको तथ्यांकले २५ गते भने ४५ खर्ब ०१ अर्ब कर्जा प्रवाह भएको देखाएको छ । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ७९.९० कायम भएको छ ।

शुक्रबार ७९.८८ रहेको सिडि रेसियो शनिबार ०.०२ ले बढेर ७९.९० पुगेको हो । त्यस्तै, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर भने स्थिर रहेको देखाएको छ । शनिबार अन्तरबैंक ब्याज २.८८ प्रतिशत रहेको छ ।