नेप्सेमा ५८ अंकको वृद्धि हुँदा कारोबार रकम कति ?

नेप्सेमा ५८ अंकको वृद्धि हुँदा कारोबार रकम कति ?


काठमाडौं– साताको पहिलो कारोबारको दिन २२ अंकले बढेको नेप्से परिसूचकमा आज मंगलबार पनि भारी अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५८.५८ अंकले बढ्दै शेयर बजार २,१११ को विन्दुमा पुगी बन्द भएको हो । हिजो सोमबार भने सार्वजनिक बिदा रहेकाले कारोबार बन्द थियो ।

एक दिन कारोबार नहुँदा पनि नेप्से लगातार बढेको देखिन्छ । योसँगै आज ३०५ कम्पनीको १ करोड ६० लाख ९ हजार ५९७ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम पनि अन्य दिनको तुलनामा बढेको छ ।

आज २२० कम्पनी नाफामा देखिएसँगै कारोबार रकम ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँ पुगेको छ । यस्तै आज २२ कम्पनी मात्र घाटामा जाँदा ४ कम्पनीको कम्पनीको कारोबार स्थिर छ ।