काठमाडौं – नेपाल सरकारले आज फागुन २९ गते मंगलबार ८ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सरकारले आन्तरिक ऋण उठाउनको लागि नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेकाे हाे । यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
यसको निष्कासन मिति भने भाेलिकाे लागि तोकिएको छ । केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको हो । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएकाे छ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५५ /१५५ छुट्याइएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भा गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नु पर्नेछ ।



About Us
प्रतिक्रिया