सूर्योदय वोमी लघुवित्तको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी सम्पन्न

सूर्योदय वोमी लघुवित्तको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी सम्पन्न


काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड सिमरा स्टेशन अन्तर्गतको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । सोमबारहेटौंडामा रहेको होटल प्रकाशमा गोष्ठी सम्पन्न भएको हो ।

लघुवित्तको सिमरा स्टेशन अन्तर्गत मकवानपुर, बारा र पर्सा जिल्लाका १२ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा गोष्ठी सम्पन्न भएको हो । लघुवित्ताले विभिन्न १७ वटा स्टेशन कार्यालयहरुको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी समेत सम्पन्न गरेकोे छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सदस्यहरुको जिवनस्तर उकास्नको लागि विभिन्न उत्पादनमुखी तालिम, वित्तीय साक्षरता लगायत सदस्यमैत्री तालिमहरु सञ्चालन गर्न शाखा प्रमुखहरुलाई सुझाव दिए ।

कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुरमा रहेको वित्तीय संस्थाले विगत १२ वर्षदेखि हाल राष्ट्रियस्तरमा कार्यक्षेत्र बनाई ५५ जिल्लामा १९२ वटा शाखा कार्यालयको माध्यमबाट करिब १ लाख ६५ हजार सदस्यहरुलाई निरन्तर विपन्न वर्गको उत्थानमा कार्य गर्दे आएको छ ।