धितोपत्र ब्रोकर एसोसिएसनको नयाँ कार्यसमिति चयन

धितोपत्र ब्रोकर एसोसिएसनको नयाँ कार्यसमिति चयन


काठमाडौं– धितोपत्र ब्रोकर एसोसिएसन नेपालको नयाँ कार्यसमिति बनेको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट सागर ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति बनेकाे हाे ।

नयाँ कार्यसमिति अनुसार एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा अमृत तुलाधर, उपाध्यक्षमा अतिथलाल श्रेष्ठ र महासचिवमा कृष्ण गिरी रहेका छन्। कोषाध्यक्षमा भने सुमनकुमार मल्ल चयन भएका छन्।

कार्यसमिति १३ सदस्य रहेका छन् । जसमा ५ जना पदाधिकारी छन् भने बाँकी ८ जना सदस्य छन्।