सर्वोत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल

सर्वोत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल


काठमाडौं– सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले पाएको छ । कम्पनीको सञ्चालक समितिले क्यापिटललाई फागुन २५ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

रजिष्ट्रारमा नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य एनआइएमबि एस क्यापिटलले गर्नेछ ।

यसअघि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको थियो ।