काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १० कराेड बढी हकप्रद शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर नेप्से मा सूचीकृत भएको हो ।
कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
उक्त हकप्रदको लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । जस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै सो हकप्रदमा आवेदन दिन पाएका थिए ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।
प्रतिक्रिया