साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक लाग्यो उकालो, घट्यो कारोबार रकम

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक लाग्यो उकालो, घट्यो कारोबार रकम


काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से २२.१० को अंकले बढेर २,०५३ को विन्दुमा पुगी बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन विहीबार पनि नेप्से १३.५१ अंकले उकालो लागेको थियो ।

बिहीबारको तुलनामा नेप्से १.०८ प्रतिशतले बढेका भएपनि आज कारोबार रकममा भने गिरावट देखिएको छ । त्यस दिन कारोबार रकम ३ अर्बमाथि रहेको शेयर बजारमा आज ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा सीमित भएको छ ।

योसँगै आज १९४ कम्पनी नाफामा गएका छन् भने ४६ कम्पनी घाटामा देखिएका छन् । साथै ४ कम्पनीको कारोबार स्थिर छ ।