सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फ ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्रीमा राखिएकाे यो शेयरमा आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीका संस्थापक शेयरधनी मधु सूदन शर्माले १४ हजार कित्ता र प्रेम राज पन्तले २८ हजार ९८२ कित्ता सेयर बिक्रीमा लागि आवेदन दिइसकेको बैंकले बताएकाे छ ।