ग्रीन डेभलपमेण्टले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


काठमाडौं– ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले आगामी चैत्र २७ गतेका लागि साधारण आह्वान गरेको हाे । साधारण सभा मेजेष्टिक लेक फन्ट होटेल एण्ड सुइट, पोखरा ६, कास्कीमा बिहान ११ सुरु हुनेछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।