काठमाडौं– नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। त्यसका लागि बैंकले उक्त रकम बराबरको ट्रेजरी बिल आइतबार नवीकरण गर्न लागेको छ ।
जसमा २८ दिने ८ अर्ब रुपैयाँको, ९१ दिने ८ अर्ब ५० करोड रुपैयाँको र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी बिल क्रमशः २०८० चैत २७ गते, २०८१ जेठ २९ गते र २०८१ फागुन २७ गते परिपक्व हुने केन्द्रिय बैंकले जनाएको छ ।
फागुन २९ गते जारी हुने यी ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ।



About Us
प्रतिक्रिया